जापानिज इन्सेफ्लाइटिसबाट झापामा ५ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १४:०७

झापा। झापामा पछिल्लो चार महिनामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा तीन पुरुष र दुई महिला गरी पाँच जनाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक-एक जनामा सङ्क्रमण देखिएको छ। जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये अधिकांश ५० वर्षभन्दा माथिका छन्।

क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरसजन्य रोगले सिधै मस्तिष्कमा असर पुर्‍याउँछ। सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिने भएकाले सुँगुर पालक तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बस्नेहरू उच्च जोखिममा रहने गर्छन्।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले लामखुट्टेको टोकाइबाट जोगिन र सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×