पारिश्रमिक रोकिएपछि आवासीय र इन्टर्न चिकित्सक धर्नामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ११:४२

काठमाडौं। नियमित पारिश्रमिक नपाएपछि देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय र इन्टर्न चिकित्सकहरूले बिहीबारदेखि धर्ना सुरु गरेका छन्। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति र अनियमितता विरुद्ध ‘चिकित्सा शिक्षा सङ्घर्ष अभियान’ले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत उनीहरू धर्नामा उत्रिएका हुन्।

यसअघि आन्दोलनको पहिलो चरण स्वरूप बुधबार पोस्ट ग्रेजुएट (पिजी) र इन्टर्न चिकित्सकहरूले सेवा छाडेर ‘पेनडाउन’ गरेका थिए। कलेज सञ्चालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रिन बाध्य पारी राज्यमाथि गैरकानुनी एवं अवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको अभियानको निष्कर्ष छ।

Advertisement

अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका आवासीय तथा इन्टर्न चिकित्सक, मेडिकल अफिसर र स्वास्थ्यकर्मीलाई आन्दोलनमा सक्रिय सहभागी हुन अपिल गरेका छन्।

अर्बौँको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाएर श्रम शोषण गरिरहेको अभियानको आरोप छ। एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई अत्यन्त न्यून पारिश्रमिकमा काम गराई अस्पतालभित्रै चरम शोषण भइरहेको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.