मुजफरपुर इन्डो–नेपाल क्रिकेटको फाइनलमा

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १८:३६
मुजफरपुर इन्डो–नेपाल क्रिकेटको फाइनलमा

विराटनगर । जोगबनीमा जारी अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा मुजफरपुर प्रवेश गरेको छ ।

प्रशान्त क्रिकेट क्लब जोगबनीको आयोजनामा भएको प्रतियोगितामा मुजफरपुरले विराटनगरको एग्रोभेट क्रिकेट क्लबलाई १७ रनले पराजित गर्दै उपाधि नजिक पुगको हो । विराटनगरले टस जितेर पहिलो ब्याटिङको अवसर मुजफरपुरलाई दिएको थियो ।

पहिलो ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरमा ८ विकेटको क्षतिमा १ सय ८९ रनको योगफल बनाएको थियो । मुजफरपुरका प्लेयर अफ द म्याच हर्ष गिरीले ९८ रन र दिवाकर झाले ३७ रन बनाए । विराटनगरका आदिल अन्सारी ३ विकेट लिए ।

१ सय ९० रनको लक्ष्य पाएको विराटनगरले पूरै ओभर खेल्दै ६ विकेट गुमाउँदै १ सय ७२ रनमै समेटियो । तीर्थराज दासले ६९ रन र निरज मुखियाले ४१ रन बनाए । मुजफरपुरका मनिकान्त र आदर्श परास्नरले समान २–२ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×