यथास्थितिमा स्वास्थ्य बीमा अगाडि बढाउन सकिदैन : स्वास्थ्य मन्त्री

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १८:४९

काठमाडौं । यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बताएकी छन् । बुधबार स्वास्थ्य बिमासम्बन्धी छलफलमा मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउन आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो गरिन् ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भनेर भनेकाले सरकारले ९८ वटा औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि विद्यमान बिमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरूले त्यसलाई हटाउने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरूले सहयोग नगरेको मन्त्री गौतमको दाबी छ ।

यस्तो छ स्वास्थ्यमन्त्री गौतमको भनाइ :
स्वास्थ्य बीमा कार्यक्रम यसरी चल्न सक्दैन । नेपालको संंविधानले यो सबैको जानकारीका लागि राष्ट्रिय योजना आयोग, वित्त आयोगका पनि हुनुहुन्छ । उहाँहरूका लागि म राख्न चाहन्छु– नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य निःशुल्क दिने भनेर भनेको छ । र, त्यो अनुरुप ९८ किसिमका औषधिहरू ऐनले नै तोकेर यस्तायस्ता किसिमका सेवा निःशुल्क दिने भनेर त्यसको स्ट्यान्डर्ड बनाएर त्यो निःशुल्क दिनुपर्छ । त्यसका लागि बिमा गराउनु हुँदैन, पाइँदैन । हाम्रो बुझाइ हो यो । तर, त्यो विषय पनि हाम्रो बिमामा समेटिएको छ । जसले गर्दा दोहोरो घाटा छ । एकातिर बीमितले निःशुल्क पाउनुपर्ने सेवा बिमाबाट निःशुल्क पाउनुपर्ने आधारभूत सेवाबाट काटिन्छ । जुन नकाटिनुपर्ने हो । त्यो निःशुल्क पाउनुपर्ने हो । जसको लागि अनुदानस्वरुप स्वास्थ्य मन्त्रालयले पैसा पठाइराखेको छ । त्यो ऐनमा नै परेको विषय भएकाले ऐन संशोधन गर्नुपर्‍यो भनेर स्वास्थ्य मन्त्रालयले धेरै छलफल गरेर बिदाका दिनमा पनि धेरै छलफल गरेर रातदिन नभनी काम गरेर ऐन संशोधनको मस्यौदा पठाएर यसलाई अध्यादेशकै रूपमा भए पनि ल्याउ भनेर भन्दा हाम्रै मन्त्रालयबाट सुधारका कामहरू अड्काइन्छन् । र, आज यहाँहरू भन्नुहुन्छ– स्वास्थ्यले पोलिसी ल्याएन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.