बक्सर चन्द्र सम्मानित

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १९:००
बक्सर चन्द्र सम्मानित

काठमाडौं । एक्स मकाउ बक्सिङ ग्रुपले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ ।

सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए ।

डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जितेका थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुन् । उनले ३ राष्ट्रका खेलाडीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

चन्द्रले ३० हजार र लालबहादुर २० हजार नगद पुरस्कार पाए । पुरस्कार राशिका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गरेको नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन् ।

बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×