प्रेस चौतारीको २८ औँ स्थापना दिवस : पत्रकार सुरेश अधिकारी सम्मानित

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १९:२६
 प्रेस चौतारीको २८ औँ स्थापना दिवस : पत्रकार सुरेश अधिकारी सम्मानित

विराटनगर । प्रेस चौतारी मोरङले यस वर्षको ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ पत्रकार सुरेश अधिकारीलाई प्रदान गरेको छ ।

प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रमका बीच लेटाङमा रहेर पत्रकारिता गर्दै आएका अधिकारीलाई पुरस्कृत गरिएको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पत्रकार अधिकारीलाई सम्मानपत्र सहित पुरस्कृत गरे । पुरस्कारको राशि १७ हजार रुपैयाँ रहेको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले संविधान र लोकतन्त्रको रक्षाका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले पत्रकारिताको व्यावसायिक विकास र क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले नेपाल पत्रकार महासंघसँग सहकार्य गरिरहेको समेत जानकारी दिए ।

विराटनगरका व्यवसायी कृष्णप्रसाद सिग्देलको स्मृतिमा २०७१ सालमा स्थापित यो पुरस्कार प्रत्येक वर्ष प्रेस चौतारीको स्थापना दिवसका अवसरमा एक जना पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.