चैनपुरमा आगलागी, १५ लाखको क्षति

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १०:२४
प्रतीकात्मक तस्बिर

विराटनगर । संखुवासभाको चैनपुरमा राति आगलागी हुँदा एक घर जलेर पूर्ण क्षति भएको छ । चैनपुर नगरपालिका– १  याङसिजुङका दिलप्रसाद लिम्बूको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

गएराति लिम्बूको तीन तल घर पूर्ण रूपमा जले पनि आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति नभए पनि घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घरमा भएको आगलागी प्रहरी र स्थानीयको सहयोगमा ४ घण्टामा  नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.