मोरङ र सुनसरीमा ३ जना मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १७:४८
सांकेतिक तस्बिर

विराटनगर। मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा बिहीबार ३ जना मृत अवस्थामा फेला परेका छन् । मोरङको रतुवामाई नगरपालिका–८ जोगी डाँडाका ८० वर्षीय कर्ण बहादुर जोगी आफ्नै घरमा मृत भेटिएका हुन् ।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–११ लिम्बु टोलस्थित कोशी नहरमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५५ वर्षीय ती पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुनसरीकै कोशी गाउँपालिका–७ हरिपुरमा पनि अन्दाजी ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

फेला परेका सबै शवहरूको कानुनी प्रक्रिया पूरा गरी घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.