ट्याक्टरबाट खसेर रोटाभेटरले काटिँदा २ बालिकाको मृत्यु

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १७:५३
सांकेतिक तस्बिर

जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर २ बालिकाको मृत्यु भएको छ । मटिहानी नगरपालिका–४ मझौरामा बिहीबार दिउँसो घटना भएको हो ।

मृत्यु हुनेमा मझौराका इमराइन राइनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहा नगरपालिका–११ मरडा घर भई मामाघर आएकी ८ वर्षीया रफिया खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार स्थानीय गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको बेला दुवै बालिका ट्याक्टरमा चढेका थिए ।

गुडिरहेको ट्याक्टरबाट अचानक लड्दा उनीहरूलाई पछाडि रहेको रोटाभेटरले टाउकोमा काटेको थियो । रोटाभेटरको धारिलो भागले काट्दा दुवै बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने ट्याक्टर घटनास्थलमै रहेको छ । प्रहरीले दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ । फरार चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.