टी-२० विश्वकप: सुपर-८ का लागि आज इंग्ल्यान्ड र स्कटल्यान्ड भिड्दै

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २, शनिबार १०:३२

मुम्बई। टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ मा रहेका इंग्ल्यान्ड र स्कटल्यान्ड आज प्रतिष्ठाको लडाइँमा उत्रँदै छन्। सुपर आठको सम्भावना जीवित राख्न दुवै टोलीका लागि आजको खेल ‘गर या मर’ जस्तै बनेको छ।

नेपालसमेत रहेको यस समूहबाट शीर्ष दुई टोली मात्र अर्को चरणमा पुग्ने भएकाले आजको खेल निकै निर्णायक हुनेछ। इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपालमाथि ४ रनको कठिन जित निकालेको थियो भने दोस्रो खेलमा वेस्टइन्डिजसँग हार बेहोरेको थियो। उता स्कटल्यान्डले पनि वेस्टइन्डिजसँग हारे पनि इटालीलाई पराजित गर्दै १ जित दर्ता गरिसकेको छ। हाल समूह ‘सी’ मा दुई जितसहित वेस्टइन्डिज शीर्ष स्थानमा छ।

आजको खेल कोलकाताको इडन गार्डेनमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। यो खेलपछि इंग्ल्यान्डले इटालीसँग र स्कटल्यान्डले नेपालसँग आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। विश्वकपका अन्य खेलहरूमा आज बिहान ११:१५ बजे आयरल्यान्ड र ओमानबीच कोलम्बोमा तथा साँझ ७:१५ बजे न्युजिल्यान्ड र साउथ अफ्रिकाबीच अहमदाबादमा प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×