टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १७:२५

काठमाडौं । सिद्धार्थ राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा बुटवलबाट पाल्पातिर जाँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार नामथर नखुलेका एक पुरुष र महिला घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए । टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.