‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ४, सोमबार १०:३५

काठमाडौँ। छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’को पहिलो गीत ‘अरे हो नेता जी’ सार्वजनिक भएको छ। समसामयिक राजनीति र नेताहरूका आश्वासनप्रति तिखो व्यङ्ग्य गरिएको यो गीत मङ्गलवार ‘मुभिज् डिजीटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा लोकप्रिय अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। अङ्कित बाबु अधिकारीकै सङ्गीत रहेको यस गीतका शब्दहरू युवराज काफ्लेले लेखेका हुन्। गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रस्तुत गरिएको छ, जसमा आम नागरिकले विकासका बारेमा प्रश्न गर्दा नेताहरूले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै पन्छिने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा उतारिएको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु निकै मौलिक र कौतुहलपूर्ण छ। सडक सञ्जालले समेत नछोएको एउटा दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउञ्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ गाउँ पुर्‍याउँदा उत्पन्न हुने उथलपुथल र घटनाहरूमा चलचित्र आधारित छ।

निर्देशकका अनुसार यो चलचित्र ‘डार्क कमेडी’ जनरामा निर्माण हुन लागेको हो। यो केवल फ्रिज गाउँ पुर्‍याउने कथा मात्र नभई नेपाली समाजका गहिरा यथार्थहरू र दुर्गम क्षेत्रको अवस्थालाई उजागर गर्ने एउटा प्रयास रहेको निर्माण पक्षले बताएको छ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×