गण्डकीको दोहोरो जित

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ४, सोमबार २०:११
गण्डकीको दोहोरो जित

काठमाडौं । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार पुरुष / महिला दुवैमा विजयी भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो ।

गण्डकीकी  ‘प्लेयर अफ द म्याच’ अंकिता अधिकारीले २ तथा गीता पुन मगर र सीतामाया बलले समान १–१ गोल गरे ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो ।  ‘प्लेयर अफ द म्याच’ असीम बहिकले दुवै गोल गरे । महिलामा मधेस प्रदेशले कोशीलाई १–० गोलले पाखा लगायो । प्रीति दासले निर्णायक गोल गरिन् । लक्ष्मनीयाकुमारी दास  ‘प्लेयर अफ द म्याच’ बनिन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्‌घाटन गरे । पुरुषमा ६ र महिलामा ५ टिम सहभागी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×