‘साम्बा’ को उपचारका लागि कांग्रेसद्वारा ५ लाख सहयोग

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १२, मंगलबार ११:०८
 एन्फाबाट उपचारको सहयोग नपाएपछि  ‘साम्बा’ले गरिन् समर्थकलाई अपिल 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। घुँडाको ‘एमसिएल’ मा यसअघि गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर चोट लागेपछि उनी हाल जटिल शल्यक्रियाको तयारीमा छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बमोजिम एन्फाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीको उपचारमा सबैले साथ दिनुपर्ने बताए। ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जन मात्र नभई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने सङ्कल्प समेत दोहोर्‍याएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×