सांकेतिक तस्बिरबिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। बाह्रदशी–१ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।
गत फागुन ७ गते बिहान पौने ६ बजेतिर आफ्नै निर्माणाधीन पक्की घरमा पानी लगाउने क्रममा उनलाई नजिकैको लक्ष्मीनाथ सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले आक्रमण गरेको थियो। गम्भीर घाइते भएकी राजवंशीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेकै अवस्थामा आज (मंगलबार) राति १:०५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ।























