इलाममा चट्याङ लागेर ३ जना घाइते

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १८:४३

इलाम । इलाम नगरपालिका–३ पुवामझुवामा आज (मंगलबार) दिउँसो वर्षासँगै परेको चट्याङ लागेर ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा स्थानीय ३० वर्षीय पुष्पलाल विष्ट, ४० वर्षीया तारा खत्री र ८२ वर्षीय तिलक कुमार खत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङ लागेर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याइएको थियो।

घाइतेमध्ये पुष्पलाल विष्टको अवस्था तुलनात्मक रूपमा गम्भीर रहेकाले उनलाई थप उपचारका लागि झापाको बिर्तामोड रिफर गरिएको छ।

अन्य घाइते तारा खत्री र तिलक कुमार खत्रीको भने जिल्ला अस्पताल इलाममै उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय मौसममा आएको बदलीसँगै पहाडी भेगमा चट्याङको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।

इलामकै सन्दकपुर गाउँपालिका, माबुका सहरमान गुरुङ चट्याङले लागेर घाइते भएका छन्। उनले पालेका २ वटा बाख्रा चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.