पत्रकार भण्डारीसहित ५ जना सम्मानित 

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १४:१२
पत्रकार भण्डारीसहित ५ जना सम्मानित 

विराटनगर । मोरङको ग्रामथान–२ झोराहाटको नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले १ जना पत्रकारसहित ५ जनालाई सम्मान गरेको छ ।

झोराहाटस्थित सरस्वती माविमा आयोजित कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विनोद भण्डारीलाई प्रदान गरिएको हो । उनलाई ११ हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा छात्रपति लुइँटेल निवृत्त शिक्षक सम्मानबाट साजिलाल माझी र ऋषिकेश भट्टराई सम्मानित भए । उनीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै, सरस्वती नमुना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत आयुश आचार्य र रुबिना दाहाललाई जेहनदार छात्रवृत्ति प्रदान गरिएको थियो ।

संस्थाका संरक्षक शंकर लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पार्टीका नेता महेश आचार्यले सम्मानित व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिएका थिए । उनले छत्रपतिले शिक्षा, धर्म र सामाजिक सुधारको योगदानबारे चर्चा गरे । विद्यालयका प्रधानाध्यापक लक्ष्मी गुरागाईं, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, वडाध्यक्ष यादव खतिवडालगायतले शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.