भत्किएर पुरिएको सपनाको बस्ती

Share this
662shares
मुलुकी खबर
लुइस विष्ट
clock२०८२ फाल्गुन ३०, शनिबार १०:२०
भत्किएर पुरिएको
सपनाको बस्तीलाई
निहाल्न खोज्छन्
यी नयनहरू
त्यही पहिरोको
शिरमा उभिएर।
मेघको तीब्र
गर्जन पछि लगत्तै
बादल फाटेर
झरेको त्यो क्षण
रातले चपाएर
ओकलेको समय
आँखामा कालो
पट्टी बाँधेर जन्मिएको
कालो अँध्यारो दिन
चिच्याइ रहन्छ
कर्णसम्म आएर
देखाउँदै त्यो
भावहीन तस्विर!

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×