पूर्वमुख्य क्रिकेट प्रशिक्षक जगत टमटा सम्मानित

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १, आइतबार १८:४२
पूर्वमुख्य क्रिकेट प्रशिक्षक जगत टमटा सम्मानित

काठमाडौं । चैतन्य पाठशाला धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य तथा पूर्वमुख्य क्रिकेट प्रशिक्षक जगत टमटालाई सम्मान गरेको छ । चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै टमटालाई सम्मान गरेको हो ।

महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्लीलगायतले टमटालाई दोसल्ला प्रशंसा पत्र र नगद ५० हजारसहित  ‘चैतन्य खेलकुद साधना पुरस्कार २०८२’ प्रदान गरी सम्मान गरे ।

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले टमटाले युवा खेलाडीहरूलाई अनुशासन, कडा मेहनत र खेलप्रतिको समर्पणको भावना विकास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने, स्वस्थ जीवनशैलीको विकास गराउने तथा समाजमा खेलकुद संस्कृतिलाई मजबुत बनाउने कार्यमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

टमटाले चैतन्य पाठशालाले गरेको सम्मान आफ्नो मात्रै नभएर समग्र खेल जगतका लागि नै प्रेरणा हुने धारणा व्यक्त गर्दै चैतन्यले गर्दै आएका गतिविधि आफूले नजिकबाट हेर्न पाउनु नै आफ्नो सौभाग्य रहेको बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×