
विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित छाला उद्योग नजिककै मंगलबार साँझ शव फेला परेको छ ।
विराटनगर १७ नम्बर वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्टको पुल मुनि पानीमा शव फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्टको पुल मुनि मंगलबार साँझमा कपडाले बेरेर फ्यालेको अवस्था शव देखिएको भन्ने सूचनाका आधारमा हेर्दा शव देखिएको हो ।
डीएसपी लामिछानेले भने, ‘पुल मुनि शव रहेकाले पहिचान हुन सकेको छैन । शव पानीभित्र भएकाले त्यहाँबाट झिक्ने काम भइरहेको छ । फरेन्सिक डाक्टरसहित प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।’
घटनास्थल वरपर दुर्गन्धित रहेको छ । पुल मुनि पानी जमेको छ । उद्योगको फोहोर पानी जमेर दुर्गन्ध भएको हो वा शव सडेर दुर्गन्ध फैलिएको यकिन भइसकेको छैन, डीएसपी लामिछानेले भने, ‘शव पानीबाट बाहिर झिकेपछि मात्रै थप कुरा आउने छ ।’

























