धरानमा सीटी सफारी चालकमाथि अपहरण र बलात्कारको आरोप

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १३:०१

विराटनगर । सुनसरीको धरानमा एक जना सीटी सफारी चालकमाथि युवतीलाई अपहरण गरी बलात्कार तथा लुटपाट गरेको आरोप लागेको छ । ती चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती अपहरण, बलात्कार र लुटपाटमा परेको पाइएको छ । उनी मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट आफ्नो पुरानो कपडा लिन धरानस्थित घर आएकी थिइन् । फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेका बेला एक अपरिचित व्यक्तिले सस्टी सफारीमा चढ्न आग्रह गरी उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार आरोपितले युवतीलाई एकान्त स्थानमा लगेर कुटपिट गरी अचेत बनाएका थिए । त्यसपछि जबरजस्ती करणी गरी उनको मोबाइल समेत लुटेर फरार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययनसमेत गरेको छ । फुटेजका आधारमा सवारीसाधनको पहिचान भएपछि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त घटनामा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुरका २६ वर्षीय रोशन विश्वकर्मा संलग्न रहेको खुलेपछि उनलाई मंगलबार प्रहरीले घरबाटै पक्राउ गरको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीमा आरोपितले साकेला पार्क नजिकको जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । पक्राउ परेका विश्वकर्माविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.