टेनिस टोली श्रीलंका प्रस्थान

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १२, बिहीबार १८:३२
टेनिस टोली श्रीलंका प्रस्थान

काठमाडौं । आईटीएफ डेभपलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ ।

ब्याइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।

प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×