ज्यान मार्ने धम्की आएपछि प्रहरीको शरणमा हर्क साम्पाङ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १६:२१
फायल फोटो ।

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रहरीको शरणमा पुगेका छन् । आफू र आफ्नो परिवारमाथि ज्यान मार्ने तथा घरमा आगजनी गर्ने धम्की आएको भन्दै उनले सोमबार औपचारिक रूपमा उजुरी दिएका हुन् ।

साम्पाङले सामाजिक सञ्जाल टिकटकमार्फत धम्की दिएको आरोप लगाउँदै सुनिता खड्का नामक एक टिकटकरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा उजुरी दर्ता गराएका छन् । उनले धम्की दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यकर्ता भएको बताए ।

आफूलाई मात्र नभई आफ्नो घर नै जलाउने धम्की आएको बताउँदै साम्पाङले घटनालाई गम्भीर सुरक्षा चुनौती मानेका छन् । यसअघि सोमबार बिहान उनले आफ्नो फेसबुकमार्फत पनि धम्की आएको विषय सार्वजनिक गरेका थिए । सोही पोस्टमा उनले आफूलाई धम्की दिने व्यक्तिहरू रास्वपाका समर्थक भएको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘आफ्नै समर्थकले यस्तो धम्की दिँदा सरकारले कारबाही गर्छ कि गर्दैन ?’

साम्पाङका अनुसार आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका बेला यस प्रकारको धम्की आएको हो । उनले यसलाई राजनीतिक दबाब र डर देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकबाट ज्यान लिने र घर जलाउने चेतावनी आएको छ,’ उनले उल्लेख गरेका छन् ।

उनले अनुसन्धान निकायले निष्पक्ष रूपमा काम गर्छ कि गर्दैन भन्ने विषयमा समेत सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । साम्पाङले सरकारप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राज्य संयन्त्र निष्पक्ष रूपमा सञ्चालन नभए देश अराजकतामा जान सक्ने चेतावनी दिएका छन् । ‘यदि सरकार एकपक्षीय रूपमा चल्यो भने देश अराजकताले निल्न सक्छ,’ उनले भनेका छन् ।

राजनीतिक वृत्तमा भने यस घटनाले नयाँ बहस सुरु गरेको छ । एक बहालवाला सांसदमाथि आएको धम्कीले सुरक्षा अवस्था, सामाजिक सञ्जालको दुरुपयोग र राजनीतिक सहिष्णुताबारे गम्भीर प्रश्न उठाएको छ ।

साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिलिप गिरीले साम्पाङको निवेदन दर्ता भइरहेको जानकारी दिए । ‘हर्क साम्पाङले निवेदन दिनु भएको छ । दर्ता भइसकेको छ । अब निवेदन उपर काराही प्रक्रिया सुरु हुन्छ,’ एसपी गिरीले भने ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.