भाडा समायोजन नगरे स्वघोषणा गर्ने यातायात व्यवसायीको चेतावनी

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १८:३८

काठमाडौं । यातायात व्यवसायीले सरकारले भाडा समायोजन नगरे स्वघोषणा गरेर भाडा लिन बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै लामो समयदेखि सरकारसँग भाडा समायोजनको माग गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । महासंघका अनुसार पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढिरहँदा यातायात सेवा सञ्चालन महँगो हुँदै गएको छ । तर, भाडा समायोजन नहुँदा व्यवसायीहरू दैनिक रूपमा ठूलो घाटामा सञ्चालन गर्न बाध्य छन् ।

महासंघले हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर सडक यातायातको भाडा समायोजनमा सरकार उदासीन रहेको आरोप समेत लगाएको छ । विज्ञप्तिमा २०७२ सालदेखि भाडा समायोजन नभएको उल्लेख गर्दै मूल्यवृद्धिका आधारमा यात्रुवाहक, मालवाहक र पहाडी मार्गका भाडा दर वैज्ञानिक ढंगले समायोजन गर्न माग गरिएको छ । माग पूरा नभए अब स्वघोषित दर लागू गर्ने वा सेवा सञ्चालनमै समस्या आउन सक्ने चेतावनी व्यवसायीले दिएका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.