
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३४६ भन्दा बढी व्यक्तिको नाम तथा विवरण सार्वजनिक गरेको छ ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहको निर्देशनपछि विभागले व्यक्तिगत रूपमा ठगीमा संलग्न रहेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । विभागका अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्मको एक महिनाको अवधिमा दर्ता भएका वैदेशिक रोजगारसम्बन्धी ठगीका मुद्दामा संलग्न प्रतिवादीहरूको विवरण सार्वजनिक गरिएको छ ।
अनुसन्धान तथा मुद्दा शाखामा परेका उजुरीका आधारमा नाम, ठेगाना र बिगो रकमसहित सूची तयार पारिएको विभागले जनाएको छ । विभागले अबदेखि हरेक तीनतीन दिनमा दर्ता भएका मुद्दाको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गर्ने जनाएको छ ।
यसअघि पहिलोपटक एक महिनाको अवधिमा संकलित विवरण एकैपटक सार्वजनिक गरिएको हो । विभागले यस्तो कदमले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा सहयोग पुग्ने र सर्वसाधारणलाई सचेत बनाउन मद्दत गर्ने अपेक्षा गरेको छ । सार्वजनिक सूचीमा समावेश व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढिरहेको पनि विभागले जनाएको छ ।
यी हुन् ठगी गर्नेहरु



















