सुन र चाँदीको मूल्य स्थिर

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १०:५३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कायम भएको मूल्यमै आज कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा खरिद–बिक्री भएको थियो। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्यमा पनि आज कुनै परिवर्तन भएको छैन। चाँदी प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १४० रुपैयाँ ५० पैसा कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.