
काठमाडौं । सेयर बजार आइतबार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । बजार उच्च अंकले घटेपनि १२ अर्ब ३८ करोडको काराेबार भयो ।
गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा थियो ।
नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै बजार बढी त्रसित देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् ।



















