
काठमाडौं। सुनको मूल्य आज (मंगलबार) बढेको छ। सोमबार प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५० हजार १७० रुपैयाँ तोकिएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ तोकिएको छ।



















