
काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकमा लामो समयदेखि कार्यकारी निर्देशकका रूपमा कार्यरत पण्डितलाई सरकारले पदोन्नति गर्दै डेपुटी गभर्नरको जिम्मेवारी सुम्पेको हो।
अर्को एक रिक्त डेपुटी गभर्नर पदमा भने अहिले कसैलाई पनि नियुक्ति गरिएको छैन। बाँकी रहेको एक पदमा उपयुक्त उम्मेदवारको खोजी भइरहेको र छिट्टै पूर्णता दिइने मन्त्रालय स्रोतले जनाएको छ।
सरकारको यो निर्णयसँगै राष्ट्र बैंकको उच्च व्यवस्थापनमा एक जना डेपुटी गभर्नरको आगमन भएको छ।



















