झापामा सिरक गोदाममा आगलागी, ६० लाख बराबरको क्षति

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १५:१२
प्रतीकात्मक तस्बिर

झापा । झापाको एउटा सिरक गोदाममा बुधबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित नुर मोहमदको सिरक गोदाममा अपरान्ह १२ बजेबाट अचानक आगलागी सुरु भएको थियो । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, विभिन्न स्थानबाट पुगेका दमकल र स्थानीयको सहयोगमा अढाई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट सिरक गोदामको टिनको बेरा र छानो भएको घर, घरभित्र रहेको रुवा बनाउने मेसिन र रुवाहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । घटनामा मानवीय र चौपाया क्षति नभए पनि ६० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त गोदाम नुर मोहमदको श्रीमती रौतहट घर भई बिर्तामोड नगरपालिका–५ मा डेरा बस्ने ५६ वर्षीया सलमा खातुनको नाममा रहेको पाइएको छ । जग्गा भाडामा लिएर बिर्तामोड कपास प्रशोधन उद्योग सञ्चालन गर्दै आइरहेको पाइएको प्रहरीको भनाइ छ ।

आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.