
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४३ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा मूल्य प्रभावित भएको हो।


















