बुट्टाबारी गोल्डकप बैशाख ५ देखि, विजेताले २ लाख २२ हजार पाउने

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १३:२४

बिर्तामोड । झापाको बिर्तामोडमा चौथो संस्करणको ‘बुट्टाबारी गोल्डकप’ फुटबल प्रतियोगिता आगामी बैशाख ५ गतेदेखि सुरु हुने भएको छ। आयोजक बुट्टाबारी युनाइटेड क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिर्तामोड–६ स्थित हरियाली वनको खेल मैदानमा आयोजना गरिने जानकारी दिएको हो।

प्रतियोगितामा नेपालका ७ र भारतको १ गरी कुल ८ टोलीले सहभागिता जनाउने भएका छन्। सहभागी टोलीहरूमा आयोजक बुट्टाबारी युनाइटेड, रेडहर्स इलाम, सिलिगुढी भारतको तरञ्जुबारी फुटबल क्लब, ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफसी झापा, फेयर फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ र कचनकवलको बगान युथ क्लब रहेका छन्।

क्लबका अध्यक्ष प्रविण राईका अनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार २०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए। सार्वजनिक गरिएको खेलतालिका अनुसार बैशाख ५ गतेको उद्घाटन खेल आयोजक बुट्टाबारी युनाइटेड र भारतको तरञ्जुबारी फुटबल क्लबबीच हुनेछ।

प्रतियोगिताको फाइनल खेल बैशाख १२ गते हुनेछ। २१ लाख ६३ हजार ३३३ रुपैयाँ अनुमानित बजेट रहेको यस प्रतियोगिताको तयारी तीव्र पारिएको सचिव टिकाराम विष्टले जानकारी दिए। कार्यक्रममा क्लबका उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य राखेका थिए।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.