सेयर बजारमा उत्साह: नेप्से ४८ अंकले बढ्दा कारोबार रकम झण्डै १० अर्ब

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १५:१६

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.७१ अंकले बढेर २८५१ विन्दुमा पुगेको छ। अघिल्लो दिन पनि ४५.१२ अंकले बढेको बजारले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बजार परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज झण्डै १० अर्ब (९ अर्ब ९१ करोड) रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएकामध्ये २५१ कम्पनीको सेयर मूल्य बढ्दा १६ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।

आज सबै समूहका उपसूचकहरू हरियाली देखिएका छन्। जसमध्ये ‘अन्य’ समूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्यो। यस समूहमा रहेका हिमालयन रिइन्स्योरेन्सको मूल्य ७.५३ र नेपाल पुनर्बीमा कम्पनीको मूल्य ५.३३ प्रतिशतले बढ्दा समग्र सूचकलाई बल पुगेको हो। यस्तै जलविद्युत समूह २.७०, उत्पादन तथा प्रशोधन २.५८ र होटल तथा पर्यटन समूह २.३९ प्रतिशतले उकालो लागेका छन्।

आज ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आत्मनिर्भर लघुवित्त, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।

दोहोरो अंकले बढेको बजारमा स्वेत गंगा हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै २.५५ प्रतिशतले घटेको छ। आज नेसनल हाइड्रोपावर, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.