महासंघको साधारणसभा रोक्न अन्तरिम आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १९:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । चैत २९ र ३० गतेका लागि तय भएको महासंघको ६०औँ वार्षिक साधारण सभा रोक्न न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका तर्फबाट दायर गरिएको निषेधाज्ञाको रिटमाथि सुनुवाइ गर्दै यसअघि न्यायाधीश स्वीकृति पराजुलीको इजलासले साधरणसभाको तयारी रोक्न भनेको थियो । बिहीबार निवेदक र विपक्षी दुवै पक्षको कुरा सुनेपछि संयुक्त इजलासले पेट्रोलियम ढुवानी व्यवसायीहरुको सदस्यता टुंगो लगाएर मात्रै साधारण सभा गर्न अन्तरिम आदेश दिएको हो ।

Advertisement

जारी आदेशमा भनिएको छ, ‘विपक्षी संस्थाको साधारणसभा हुँदा यी निवेदकहरु समेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभाका नगर्नु, नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिएको छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.