बिदाका दिनमा पनि थुनछेकका लागि अदालत खुला राख्न सर्वोच्चको परिपत्र

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार १८:१४

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक बिदाका दिनमा समेत पक्राउ परेका व्यक्तिहरूलाई संविधानले तोकेको समयभित्रै अदालतमा उपस्थित गराउन मातहतका सबै अदालतलाई परिपत्र जारी गरेको छ । नागरिकको संवैधानिक हक सुनिश्चित गर्न र न्यायिक प्रक्रियामा अवरोध आउन नदिन शुक्रबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) ले यस्तो निर्णय गरेको हो ।

नेपालको संविधानको धारा २० को उपधारा (३) अनुसार पक्राउ परेको व्यक्तिलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने अनिवार्य व्यवस्था छ । तर, सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि बिदाका दिन पक्राउ पर्नेहरूलाई समयमै अदालतमा पेस गर्न व्यावहारिक कठिनाइ उत्पन्न भएको थियो । यही समस्या समाधान गर्न सर्वोच्चले उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र अन्य न्यायाधिकरणहरूलाई बिदाका दिनमा पनि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ ।

Advertisement

परिपत्रअनुसार अब बिदाको समयमा पनि पक्राउ पुर्जीको अनुमति, जारी पुर्जीको स्वीकृति, हिरासतमा राख्ने अनुमति र मुद्दासँग सम्बन्धित थुनछेक आदेशका लागि अदालतहरू खुला रहनेछन् । यसका लागि न्यायिक व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ बमोजिम जनशक्ति र इजलासको व्यवस्थापन गर्न सर्वोच्चले भनेको छ । यो निर्णयसँगै अब सार्वजनिक बिदाका कारण कुनै पनि व्यक्तिले २४ घण्टाभन्दा बढी समय गैरकानुनी रूपमा हिरासतमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×