नेपाली राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार १४:११

काठमाडौं । नेपाली राष्ट्रिय हक्की टिमले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले एक कार्यक्रमबीच संयुक्तरूपमा जर्सी अनावरण गरेका हुन्।

हक्की संघले लैङ्गिक आधारमा दुई फरक रङका जर्सीहरू सार्वजनिक गरेको छ। जसमा पुरुष टिमका लागि रातो र महिला टिमका लागि गुलाबी रङको जर्सी तय गरिएको छ। जर्सी अनावरणसँगै संघले महिला र पुरुष दुवैतर्फका २६–२६ गरी कुल ५२ खेलाडीको राष्ट्रिय टिमको सूचीसमेत सार्वजनिक गरेको छ।

गत फागुनमा काठमाडौँमा सम्पन्न राष्ट्रिय हक्की प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनलाई मुख्य आधार बनाएर यो राष्ट्रिय टिम छनोट गरिएको हक्की संघले जनाएको छ। नयाँ जर्सी र टिम घोषणासँगै नेपाली हक्की खेलाडीहरूमा नयाँ उत्साह थपिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×