इक्युवालिटी कपको शीर्ष स्थानमा विराटनगर 

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार १५:४४
इक्युवालिटी कपको शीर्ष स्थानमा विराटनगर 

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा विराटनगर हब विजयी हुँदै शीर्ष स्थानमा रहेको छ । तालिकामा विराटनगरले २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको हो ।

त्यस्तै, १ खेल खेलेको सप्तरीको राजविराज हब २ अंका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन तेस्रो र नेपाल क्रिकेट फाउण्डेसन (एनसीएफ) १ खेलमा हार्दै तालिकाको पुच्छरमा रहेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको शनिबारको पहिलो खेलमा विराटनगरले सिरहा हबलाई ८ विकेटले हराउँदै शीर्ष स्थान रहेको हो ।

टस जित्दै पहिले ब्याटिङ थालेको सिरहाले १६ ओभर ४ बल खेल्दै सबै विकेटको क्षतिमा ६३ मात्रै बनाउन सक्यो । मिना महतोले १७ रन र निलम महतोले ११ रन बनाए । बलिङमा विराटनगरकी सानु राजवंशीले ३, साम्रिका गौतमले र समीक्षा राईले २–२ तथा धनमति रायले १ विकेट लिए ।

६४ रनको लक्ष्य पाएको विराटनगरले १० ओभर ३ बलमा २ विकेट गुमाउँदै ६४ रन बनाएर विजयी भयो । सानु राजवंशीले ३५ रनको योगदान गरिन् । बलिङमा सिरहाकी स्वेता लामाले १ विकेट लिइन् । खेलको प्लेयर अफ द म्याच विराटनगर सानु राजवंशी भइन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.