
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँ बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको छ । शुक्रबार सुन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ९६० मा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



















