
काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुन र चाँदीको मूल्यमा सामान्य कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन (आइतबार) २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । आइतबार ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



















