बजारमा सुनचाँदीको सामान्य मूल्य वृद्धि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १०:४६
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (आज) सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको छ ।

भाउ बढेसँगै सुनको मूल्य तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको ३० रुपैयाँले वृद्धि भएको छ । भाउ बढेसँगै चाँदी ५ हजार २ सय ५० रुपैयाँ प्रतितोला पुगेको छ । चाँदी बुधबार प्रतितोला ५ हजार २ सय २० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.