विराटनगरमा स्रोत नखुलेको रकम बरामद, भारतीय नागरिक पक्राउ

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ४, शुक्रबार ०७:४८
फाइल फोटो ।

विराटनगर । विराटनगरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको रकम बरामद भएको छ । रकम ओसारपसारमा संलग्न एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वार्टर रानीबाट खटिएको सशस्त्र प्रहरीका डीएसपी तिलकबहादुर खड्का नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाट ५ लाख १ सय १५ रूपैयाँ बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकललाई सशस्त्रले बिहीबार दिउँसो २ बजेतिर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

त्यस क्रममा मोटरसाइकल चालक भारत बिहारको अररिया जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरीको साथबाट स्रोत नखुलेको ५ लाख १ सय १५ रूपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रका अनुसार चौधरीको साथबाट एक हजार दरका दुई सय र पाँच सय दरका छ सय थान तथा एक सय दरको एउटा र १० रूपैयाँको एक एवं पाँच रूपैयाँको एक थान नोट बरामद भएको छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बरामद भएको नगद र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.