सुनचाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार ११:२२

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ हजार रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय २० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य ५ हजार २ सय ५० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.