घट्यो नेपालकाे आर्थिक वृद्धिदर प्रक्षेपण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ११:१८

काठमाडौं । मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्ष (आव)को आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । आईएमएफले  २.२ प्रतिशत बिन्दुले घटाएको छ ।

यसअघि गत अक्टोबरमा आईएमएफले नेपालले चालु आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर, त्यसमा उच्च अंकले कटौती गर्दै आईएमएफले यो वर्ष ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो ।

Advertisement

मध्यपूर्वमा जारी तनाव र गत सेप्टेम्बरमा नेपालमा भएको युवा आन्दोलनको प्रभावका कारण आर्थिक वृद्धि कम हुने आईएमएफले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.