
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिन खुलेको बजारमा सुन १ हजार २ सय र चाँदीमा ९५ रुपैयाँ तोलामा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलाको ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार चाँदी तोलाको ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


















