चलचित्र ‘रोल नं १’ को शीर्ष गीत सार्वजनिक, शिक्षा प्रणालीमाथि व्यङ्ग्य

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार १२:४२

काठमाडौं । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको प्रतिक्षित चलचित्र ‘रोल नं १’ को आधिकारिक शीर्ष गीत सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतले नेपाली शिक्षा प्रणाली र विद्यालयमा हुने श्रेणी (र्याङ्किङ) को प्रतिस्पर्धाले बालबालिकामा पार्ने मनोवैज्ञानिक दबाबलाई चित्रण गरेको छ।

सार्वजनिक गीतमा ‘अरू सबै मूर्ख, एउटै मात्र विद्वान’ भन्ने सामाजिक सोच र पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने प्रवृत्तिको कडा आलोचना गरिएको छ। गीतको भिडियोमा हिमाली भेगको सुन्दरता, ढुङ्गाका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई कलात्मक रूपमा देखाइएको छ। भिडियोमा एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता र अर्कोतिर उसको खेल्ने रहरलाई दबाइएको मार्मिक दृश्य कैद छ।

‘हरेक विद्यार्थीको कथा’ भन्ने नाराका साथ तयार पारिएको यो चलचित्र जेठ १५ गते (गणतन्त्र दिवस) का दिन नेपालभरका हलमा प्रदर्शन हुँदैछ। जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी लगायत मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रको कथा महेश दवाडीले लेखेका हुन्। म्याग्दीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने मदन घिमिरेले सम्पादन गरेका छन्। निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्ने जिम्मा लिएका छन्।

तपाइको प्रतिक्रिया
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×