प्रजातन्त्रको विगुल फुकिएको ‘हटताली हाट’मा गरिबको उकुसमुकुस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ११:११

विराटनगर । विराटनगर जुट मिल्सको परिसरमा रहेको ‘हटताली हाट’ एउटा चोक मात्र नभएर नेपालको प्रजातान्त्रिक आन्दोलनको जिउँदो इतिहास हो ।

२००७ सालतिर गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीलगायले यहीँका बरपिपलको फेदबाट मजदुर आन्दोलनको नेतृत्व गर्दै देशमा प्रजातन्त्रको बिगुल फुकेका थिए । तर, आज त्यही इतिहासको साक्षी रहेको चौतारीमा बसेर स्थानीय बासिन्दा आफ्नै भविष्यप्रति त्रसित छन् ।

विराटनगर जुट मिल्स बन्द भएको दशकौँ भइसक्यो । तर, यहाँका मजदुर क्वार्टर र खाली जग्गामा पुस्तौँदेखि ४०० भन्दा बढी परिवार बसिरहेका छन् । उनीहरु उठिबास हुने चिन्तामा छन् ।

हाटताली हाटमा एक्लै बस्दै आएकी कमला मगरको व्यथा सुन्दा जोकोहीको मन अमिलो हुन्छ । जुट मिल्समै काम गरेका श्रीमान् र एउटा छोरालाई गुमाइसकेकी कमलाका अर्का छोरा बेपत्ता छन् ।

पसल गरेर जीवन धानिरहेकी उनी डोजर आउने हल्लाले मर्माहत छिन् । उनले आक्रोश र पीडा मिसाउँदै भनिन्, ‘हामीलाई यसरी हटाउनु भन्दा अगाडि जहर (विष) दिनुहोस् । खाएर मर्न तयार छु । मेरा श्रीमान् यहीँ बिते । अब यो ठाउँ छाडेर म कहाँ जाऊँ ?’

यस्तै पीडा फिरोज शेखको पनि छ । उनका बाजेबुबाले यही मिल्समा पसिना बगाए । उनको जन्म पनि यहीँ भयो । ‘हटाउने कुरा त चल्छ । तर, हामी कहाँ जाने ? हाम्रो त जाने ठाउँ नै छैन,’ फिरोजले प्रश्न गरे ।

७० वर्षीय कृष्णबहादुर क्षेत्रीका अनुसार ठूला नेताले हटताली हाटमा मजदुरका हकहितका कुरा गर्थे । ‘नेताहरूले चुनावका बेला यहीँ आएर आश्वासन दिन्थे । अहिले तिनैले हटाउने कुरा गर्दैछन्,’ उनले खिन्न हुँदै भने । डोजरको त्राससँगै मनमा उकुसमुकुस भएको उनी बताउँछन् ।

स्थानीय बादल चन्दको माग भने अलि फरक छ । उनी भन्छन्, ‘सरकारले हामीलाई बस्ने विकल्प र रोजगारी दिन्छ भने हामी यो ठाउँ छाड्न तयार छौँ ।’ प्रजातन्त्र ल्याउन जग हाल्ने मजदुरका सन्तानहरू आज आफैँ राज्यबाट असुरक्षित महसुस गरिरहेका छन् ।

विराटनगर जुट मिल्सका सुपरभाइजर मनोज खड्काका अनुसार मिल्सको ६९ बिघामध्ये १४ बिघाभन्दा बढी जग्गामा सुकुम्बासी र पूर्वमजदुरको बसोबास छ । ‘सरकारले मजदुरको हिसाब फरफारक गरेपछि कतिपयले ठाउँ छाडे । तर, कतिपय अझै बसिरहेका छन् । यहाँ वास्तविक सुकुम्बासी मात्र छैनन् । घर भाडामा लगाएर खानेहरू पनि छन्,’ उनले भने ।

मिल्समा रहेका ८० वटा साना–ठूला टहराहरूमा बस्नेहरूले लामो समयदेखि भाडा नतिरेको र पटकपटक ताकेता गर्दा पनि अटेर गरेको व्यवस्थापन पक्षको भनाइ छ ।

विराटनगर जुट मिल्सको जग्गा ओगट्नेलाई हटाउने अन्तिम तयारी

 

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.