विश्वकप लिग–२:  नेपालले टस जितेर ब्याटिङ गर्दै, विनोद भण्डारीको पुनरागमन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १०:२४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार (आज) भइरहेको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि सुरु यस महत्त्वपूर्ण खेलमा नेपालले टस जित्दै ब्याटिङ रोजेको हो । घरेलु मैदान र दर्शकको साथ पाउने अपेक्षा गरिएको नेपाल आज यूएईमाथि जित निकाल्ने लक्ष्यका साथ मैदान आएको छ ।

Advertisement

आजको खेलमा नेपाली टोलीमा एउटा महत्त्वपूर्ण परिवर्तन देखिएको छ । अनुभवी खेलाडी विनोद भण्डारीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समयपछि टोलीमा फर्किएका विनोदको उपस्थितिले नेपालको ब्याटिङ लाइनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

विश्वकप लिग–२ को तालिकामा महत्त्वपूर्ण अंक जोड्नका लागि दुवै टोलीका लागि यो खेल निकै अर्थपूर्ण मानिएको छ । त्रिवि मैदानमा खेल हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

त्यस्तै, युवा ब्याटर अर्जुन कुमालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा डेब्यू गरेका छन् । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका युवा ब्याटिङ अर्जुनले डेब्यू गरेका हुन् ।

उनलाई कप्तान रोहित पौडेलले डेब्यू क्याप हस्तान्तरण गरे । अर्जुनले प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । क्रिजमा जमेर लामो इनिङ खेल्ने क्षमता अर्जुनमा रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
जाजरकोट पहिरोमा तीन जनाको मृत्यु, दुई जना अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.