झापामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ०८:००
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ७ जना पक्राउ

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई छन् ।

राईले गत २०८२ साल माघ २० गते दिउँसो ती युवतीलाई शिवसताक्षी–९ दुधेस्थित आफ्नो पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् । पीडितकाे जाहेरीपछि प्रहरीले वैशाख १६ गते राईलाई दुधे चोकबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राईलाई सात दिनकाे म्याद थप गरी अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.