एसइई कप: गोदावरी र एभरेस्ट सेमिफाइनलमा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार २२:२२
एसइई कप: गोदावरी र एभरेस्ट सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी ‘मिल्स फार्क क्लब एसइई अन्तर विद्यालय’ फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र विराटनगरकै एभरेस्ट स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मिल्स फार्क क्लबले जुट मिलको खेल मैदान आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल गोदावरीले सनसाइन स्कुललाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलको प्लेयर अफ द म्याच गोदावरीका नितिन थापा मगर भए ।

त्यस्तै, दिनको दोस्रो खेलमा एभरेस्टले अपर्ण स्कुललाई टाइब्रकेरमा ४–१ गोलमा हराउँदै सेमिफाइनलमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

खेलको प्लेयर अफ द म्याच एभरेस्टका गोलरक्षक आरोग्य बराल भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.