ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:५३
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । विराटनगरमा दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न भएको छ । मेरिलेबोन क्रिकेट फाउन्डेसन र क्रिकेट बिथाउट बाउन्ड्रिजको सहकार्य तथा मोरङ क्रिकेट संघको र कोशी प्रदेश क्रिकेट संघको सहयोगमा नेपाल क्रिकेट फाउन्डेसनले क्रिकेट खेलको प्रवर्द्धनका लागि ग्रासरुट क्रिकेट महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेस प्रदेशका विभिन्न हबबाट खेलाडीहरूलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवर्द्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सिर्जना गर्नु रहेको  नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

Advertisement

कोशी प्रदेशका विराटनगर, तरहरा, उदयपुर, पथरीशनिश्चिरे र इलाम तथा मधेस प्रदेशको सिरहा र राजविराजबाट ७ वटा ६३ जनाको सहभागिता रहेका थिए ।

महोत्सवमा ८ ओभरको सफ्ट बल क्रिकेटका ११ खेलहरू भएको थियो । खेलमा हरेक हबले एक अर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।

प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.